यौन दुव्यवहारको अभियोग लगेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिने भएको छ ।
जिल्ला अदालत काठमाडौंले आज उनलाई पक्राउ गर्न अनुमति दिएका कारण महरालाई आजै पक्राउ गरिने प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महरालाई पक्राउ गर्ने प्रकृया अघि वढाइ्एको हो । यद्यपि उनी हालसम्म पक्राउ भने परेका छैनन् ।
संसद सचिवालयमा कार्यरत रोशनी शाहीको किटानी जाहेरीका आधारमा महरालाई पक्राउ गर्न लागिएको हो । शाहीले आफुलाई महराले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
शाहीको कोठावाट महराको फुटेको चस्मा र उनले पिएको रक्सीको बोतल बरामद गरिसकेको छ ।
प्रहरीले यसैलाई प्रारम्भिक प्रमाण मान्दै अनुसन्धान प्रक्रिया अघि वढाइसकेको जनाएको छ ।शिलापत्रबाट।
प्रतिकृया दिनुहोस