महोत्तरी — सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा बेसले ३ तस्करसहित भारततर्फ लाँदै गरेका ३९ चौपाया नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका बथानमा ३६ गाई र ३ बाच्छाबाच्छी छन् ।
सशस्त्र निरीक्षक प्रकाश भट्ट नेतृत्वको गस्तीले गाईका बथान र तस्कर विदेह नगरपालिका २ स्थित जागिर टोलबाट पक्राउ गरेको राजस्व तथा भन्सार सुरक्षा बेस जनकपुरले जनाएको छ। नियन्त्रणमा लिइएको चौपायाको बजार मूल्य करिब डेढ लाख रहेको अनुमान छ। पक्राउ परेका तस्करको परिचय भने सशस्त्रले खुलाएको छैन।
तस्करसहित गाई भन्सार बुझाउने तयारी भइरहेको जनकपुरस्थित सशस्त्रको राजस्व तथा भन्सार सुरक्षा वेसले जनाएको छ।यो समाचार कान्तिपुरमा रवीन्द्र उप्रेतीले लेखेका छन्।
प्रतिकृया दिनुहोस