• खेलकुद

    रियल म्याड्रिड शिर्ष स्थानमा

      ओमकार


    एजेन्सी । ग्रानाडाको पुनरागमनको प्रयासलाई रोक्दै रियल म्याड्रिडले शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल भएको छ ।

    लिगको दोस्रो टोली ग्रानाडालाई ४–२ गोल अन्तरले पराजित गर्दै रियलले शीर्ष स्थानमा आफ्नो पकडलाई मजबुत बनाएको हो ।

    आफ्नो घरेलु मैदानमा रियलले खेलको दोस्रो मिनेटमा करिम बेन्जेमाको गोलको मद्दतले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा एडिन हर्जाडले गोल गर्दे रियलको अग्रता दोब्बर बनाए । गत जुनमा रियल आएपछि हजार्डको यो पहिलो गोल थियो ।

    दोस्रो हाफमा लुका मोड्रिचले उत्कृष्ट गोल गर्दै रियलको अग्रता फराकिलो बनाए ।

    त्यसपछि भने ग्रानाडाले ८ मिनेटको अन्तरालमा दुई गोल गर्दै पुनरागमनको प्रयास गर्यो । डार्विन माचिस र डोमिङगोस डुआर्टेले ग्रानाडाका लागि गोल गरे ।

    तर, खेलको इन्जुरी समयमा हामेज रोड्रिग्वेजले गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।

    योसँगै रियलले आठ खेल खेल्दा १८ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको ग्रानाडाको १४ अंक रहेको छ । एक–एक खेल कम खेलेका एथ्लेटिको म्याड्रिडको १४ र बार्सिलोनाको १३ अंक रहेको छ ।

    शनिबार नै भएका अन्य खेलमा भ्यालेन्सियाले आलाभेसलाई, ओसासुनाले भिल्लेरियाल र लेभान्तेले लेगानेसलाई समान २–१ गोलअन्तरले पराजित गर्यो ।

    प्रतिकृया दिनुहोस