बडा दसैंको सातौं दिन शनिबार काठमाडौंको सैनिक मंच टुँडिखेलमा फुलपातीको हर्षबढाई गरिएको छ ।
बसन्तपुरस्थित दसैंघरमा फुलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाई गरिएको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।
समारोहमा नेपाली सेनाले बढाईका विभिन्न कौशल प्रर्दशन गरेको थियो । सेनाको हेलिकोप्टरबाट पुष्प वृष्टि तथा तोप बढाई पनि गरिएको थियो ।
नेपाली सेनाले दसैंको फुलपातीको दिन हरेक वर्ष फुलपातीको हर्ष बढाई गर्दछ । यसै अवसरमा जमरा राखिएका घरहरुमा पनि विधिपूर्वक फुलपाती भित्र्याउने गरिन्छ ।नयाँ पत्रिका दैनिकबाट ।
प्रतिकृया दिनुहोस