• मनोरञ्जन

    अभिनेता तथा चलचित्रका समीक्षक कमाल राशिद खान पक्राउ

      ओमकार टाइम्स


    अभिनेता तथा चलचित्रका समीक्षक कमाल राशिद खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । सन् २०२० को एक विवादित ट्वीटका कारण उनलाई पक्राउ गरिएको बताइएको छ ।

    उनलाई मंगलबार बोरीवली अदालतमा पेस गरिनेछ । उनलाई मुम्बई विमानस्थलमा हिरासतमा लिइएको थियो । त्यहाँ सोधपुछ पछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    मुन्ना पाण्डे बेरोजगार, देशद्रोही र एक भिलेनजस्ता चलचित्रमा देखिएका खान सिलेब्रिटीमाथि गर्ने ट्वीट र चलचित्रको आलोचनाका कारण विवादमा आउने गरेका छन् । सन् २०२० मा ऋषि कपुर र इरफानखानविरुद्ध गरेको ट्वीटका कारण उनीविरुद्ध एफआईआर दर्ता गरिएको थियो ।

    प्रतिकृया दिनुहोस